नारायणी साकोस चितवनसँग असल अभ्यास सिकाई आदन प्रदान कार्यक्रम सम्पन्न,

२९ फागुन २०८१, 
नारायणी साकोस चितवनसँग असल अभ्यास सिकाई आदन प्रदान कार्यक्रम सम्पन्न, 

मिति २०८१ साल फागुन २९ गते बिहीबार यस संस्थालाई अध्ययन अवलोकनकालागि छनौट गरि आउनु हुने नारायणी वचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनसँग सहकारीमा भए गरेका असल अभ्यास सिकाई आदन प्रदान कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागतबाट शुरु भएको कार्यक्रम संस्थागत प्रस्तुतिकरण रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संचालक समिति सचिव ओमप्रकास बस्यालले गर्नु भएको थियो ।